३ जीवन बीमा कम्पनीको सेयर किन्नेले अघिल्लो आवको बोनस पाउने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेर बोनस तथा नगद लाभांश खाता पठाए पनि बीमा कम्पनीका सेयरधनीहरु भने अघिल्लो वर्षकै लाभांश पाउन बाँकी छन् ।

अन्य कम्पनीको वित्तीय विवरण नेपालमै बन्ने भएकाले ती कम्पनीहरुले सहज रुपमा सेयरधनीहरुलाई लाभांश घोषणा गरेर वितरण गर्ने छन् । तर बीमा कम्पनीहरुको हकमा एक्चुरी भ्यालुएसेन गर्नु पर्ने हुन्छ । नेपालमा एक्चुरी भ्यालुएसेन गर्ने कम्पनीहरु नभएकाले बीमा कम्पनीहरुले भारतबाट एक्चुरी भ्यालुएसेन गर्नेछन् ।

विदेशबाट एक्चुरी भ्यालुएसेन गर्नु पर्ने भएकाले लाभांश वितरण गर्न अन्य कम्पनीको भन्दा बढी समय लाग्ने गर्छ । एक्चुरी भ्यालुएसेन पछि पनि बीमा कम्पनीहरुले केही प्रक्रियागत कामहरु गर्नु पर्नेछ । एक्चुरी भ्यालुएसेन गरेपछि बीमा कम्पनीको वित्तीय विवरणमा सम्पत्ती र दायित्व राख्नु पर्छ । एक्चुरी भ्यालुएसेन पछि आएको सम्पती र दायित्वलाई वित्तीय विवरणमा समावेश गरेपछि बीमा समितिको स्वीकृती पछि मात्र बीमा कम्पनीहरुले वार्षिक साधारण सभा आह्वान गर्न पाउँछन् । बीमा कम्पनीहरुले प्रस्ताव गरेको बोनस सेयर साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरुले प्राप्त गर्छन् ।

लाभांश घोषणा गरे पनि लाईफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, एशियन लाईफ इन्स्योरेन्स, ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले अघिल्लो आर्थिक वर्ष (२०७६÷७७) को लागि घोषणा गरेको लाभांशको हालसम्म बुक क्लोज गर्न सकेको छैन ।

लाईफ इन्स्योरेन्स कर्पोरेसन नेपालले २१.०५२६ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश रहेको छ ।

एशियन लाईफ इन्स्योरेन्सले २७ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा २५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश रहेको छ ।

ज्योति लाईफ इन्स्योरेन्सले १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा ५ प्रतिशत बोनस सेयर र ५.५२६३ प्रतिशत नगद लाभांश रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स