कम्पनीलाई बीमा नयाँ लाइसेन्स दिनेदेखि १५० प्रतिशतसम्म पुँजी वृद्धि गर्ने तयारीमा समिति

काठमाडौं । नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिने काममा तीव्रता दिन लागेको बीमा समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी समेत १५० प्रतिशत बढाउने तयारी गरेको छ । समितिले नयाँ जीवन तथा निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स दिने प्रक्रिया अघि सारेसँगै पुराना कम्पनीहरूको पुँजी बढाउने कार्यलाई तिव्रता दिएको हो ।

समितिले पछिल्लो समय बीमा व्यवसाय बढ्दै गएको तथा व्यवसायको तुलनामा हालको पुँजी न्यून भएको र जोखिम बढ्दै गएको भन्दै बीमा कम्पनीहरुको पुँजी बढाउने तयारी गरेको हो । समितिले नयाँ कम्पनीलाई लाइसेन्स दिने भनेपनि कहिलेसम्म दिइसक्ने यसको टुंगो लगाउन सकेको छैन भने पुँजी बढाउन पपनि कस्तो मोडालिटी अपनाउने भन्ने निक्र्यौल गर्न सकेको छैन ।

बैंकहरूको पुँजी वृद्धि योजनामा अधिकांश हकप्रद सेयर जारी गरेर पुँजी पुर्याएका थिए । नीतिगत व्यवस्थामा भएको छिद्रमा टेकेर राष्ट्र बैंकको उद्देश्य बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन सो योजना ल्याएपनि बैंकहरू मर्जरमा जानुको सट्टा हकप्रद जारी गरेर २ अर्बको साविक पुँजीलाई बढाएर एक्कै पटक ८ अर्ब पुर्याए ।

बीमा समितिले बैंकहरूको जस्तै नहोस् भनेर हकप्रद रोकरै पुँजी बढाउन योजना अघि सार्ने तयारी गरेकोे छ । विभिन्न कार्यक्रममा बीमा समितिमा अध्यक्ष सूर्यप्रसाद सिलवालले हकप्रदबाट नभइ अन्य मर्जर तथा अन्यमाध्यमबाट पुँजी बढाउने बताउँदै आएका छन् ।

हाल जीवन बीमा कम्पनीहरुले न्युनतम २ अर्ब रुपैयाँ र निर्र्जवन बीमा कम्पनीहरूले १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्ने व्यवस्था छ । त्यसलाई बढाएर समितिले जीवन बीमा कम्पनीको न्युनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुको ३ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने तयारी गरेको हो ।

त्यसरी नै बीमा समितिले जीवन, निर्जीवन र लघु बीमाको नयाँ लाइसेन्स दिने तयारी पनि थालेको छ । समितिको यो प्रक्रियासँगै औपचारिक रुपमा लाइसेन्सका लागि आवेदन नखुलाएपनि अहिलेसम्म १५ कम्पनीहरूले नयाँ लाइसेन्सको लागि समितिमा प्रस्ताव बुझाएका छन् ।

प्रस्ताव पेश गर्ने कम्पनीहरूमा ९ वटा निर्जीवन बीमा, ३ जीवन बीमा र ३ लघु बीमा कम्पनीको प्रस्ताव समितिमा परेको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स