नेपाल पुनर्बीमा कम्पनीको १९ प्रतिशत लाभांश स्वीकृत

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश स्वीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट वितरण गर्नको लागि प्रस्ताव गरेको १६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि २.५० प्रतिशत नगद गरि कुल १९ प्रतिशत लाभांश बीमा समिति र अर्थ मन्त्रालयबाट स्वीकृत भएको हो।

बीमा समितिले असोज ४ गते र अर्थ मन्त्रालयले मंसिर २० गते कम्पनीले प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको हो । बीमा समिति र अर्थ मन्त्रालयले स्वीकृति प्रदान गरेसँगै अब कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । बीमा समिति र अर्थ मन्त्रालयबाट स्वीकृति पाएसंगै कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुलेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको छ । कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकि अन्य बीमा कम्पनीको सेयर रहेको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2021/12/nepal-reinsurance.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स