आईएमई जनरल इन्स्योरेन्सको दुई जिल्लामा कृषि तथा पशुपन्क्षी बीमा क्षति मुल्यांकनकर्ता तालिम

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले दुई जिल्लामा कृषि तथा पशुपन्क्षी बीमा क्षति मुल्यांकनकर्ता तालिम दिएको छ । कृषि तथा पशुपन्क्षी बीमाको लागि इन्स्योरेन्सलाई तोकिएका जिल्लाहरुमध्ये कम्पनीले धनुषा र महोत्तरी जिल्लाका सहभागिलाई एकै स्थानमा उक्त तालिम दिएको हो ।

उक्त तालिम मंसिर १६ गतेदेखि १९ गतेसम्म बर्दिवासस्थित गौतम होटलमा टलमा बीमा समितिको प्रतिनिधिको रोहवरमा तालिम सम्पन्न भएको हो । उक्त तालिममा १० जना क्षति मुल्यांकनकर्ताहरुको सहभागिता थियो ।

क्षति मुल्यांकनकर्ताको तालिम पश्चात कृषि तथा पशुपन्छी बीमाको क्षतिको लागि तोकिएको सीमाभन्दा बढीको क्षतिमा क्षति मुल्यांकनकर्ताले मुल्यांकन गरी दावी भुक्तानी गर्ने व्यवस्थाबाट कृषि तथा पशुपन्छी बीमामा उल्लेख्य रुपमा सुधार हुने र कम्पनीले ग्राहकलाई बीमा सेवा प्रदान गर्न सहज हुने कम्पनीको अपेक्षा छ ।

बीमा समितिले कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बीमा क्षति मुल्यांकनकर्ताको व्यवस्था गर्न कृषि तथा पशुपन्क्षी बीमाको लागि विभिन्न कम्पनीलाई विभिन्न जिल्लाहरु तोकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स