हेटौडा, दमौली, भिरकोट, बारबर्दिया र कोहलपुरमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

काठमाडौं । थप पाँच ठाउँमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न भएको छ । हेटौडा, दमौली, भिरकोट, बारबर्दिया र कोहलपुरमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सहायक क्याम्पस प्रमुख देविराम लामाको अध्यक्षतामा १७ गते हेटौडा क्याम्पसमा सम्पन्न कार्यक्रममा ९० जनाको सहभागिता थियो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले कार्यक्रममा प्रशिक्षण दिएका थिए ।

यसैगरी स्याङ्जाको भिरकोटस्थित भुपु सैनिक कम्यूनिटि एकेडेमीमा भएको कार्यक्रममा ४० जनाको सहभागिता रहेको जहाँ कम्पनीका क्षेत्रिय प्रमुख अखिल धमलाले प्रशिक्षण दिएका थिए ।

मंसिर १५ गते दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा प्राध्यापक विरेन्द्र पौडेलको अध्यक्षतामा संचालित कार्यक्रममा ३४ जना विद्यार्थीको सहभागिता रहेको थियो । कम्पनीका क्षेत्रिय प्रमुख अखिल धमला र एरिया ब्रान्च मेनेजर माधव न्यौपानेले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।

यस्तै बाँकेको कोलहपुर शाखाले बारबर्दिया नगरपालिका १० स्थित जनसेवा बहुमुखि क्याम्पसमा कार्यक्रम सम्पन्न गरेको थियो । ४० जना विद्यार्थिको सहभागिता रहेको कार्यक्रममा कम्पनीका क्षेत्रिय प्रमुख तेजेन्द्र न्यौपानेले प्रशिक्षण दिएका थिए ।

मंसिर १७ गते भने कोहलपुरको कोहलपुर मोडेल कलेजमा क्याम्पस प्रमुख संजिव बाबु पंगेनीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थिया् । ७० जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा कम्पनीका क्षेत्रिय प्रमुख तेजेन्द्र न्यौपानेले प्रशिक्षण दिएका थिए ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियानलाई अझै तिव्रता दिँदै आएको छ । आश्विन महिनाबाट प्रारम्भ गरिएको जनचेतना अभियानमा युवा र विद्यार्थीहरुको आकर्षण बढ्दै गएको कारण तीन महिनाभन्दा कम अवधिमा २३ जिल्लाको ४२ स्थानमा सो संचालन भइसकेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स