नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन, कतिमा खुला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको सेयर मूल्य समायोजन भएको छ ।

बिहीबार, कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

जसमा कम्पनीको ७.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य ६६४.३१ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ ।

समायोजन पश्चात कम्पनीको मूल्य ६१७.९६ रुपैयाँ कायम भएको छ ।

योसँगै, अब आइतबार समायोजित मूल्यलाई आधार मानेर कम्पनीको कारोबार खुला हुनेछ ।

प्रतिक्रिया

हेडलाइन्स