नेप्सेमा साढे दुई करोड कित्ताबढी सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साढे दुई करोड कित्ताबढी सेयर सूचीकृत भएको छ ।

आइतबार, लाइफ इन्स्योरेन्स कर्पेरेशन नेपाल लिमिटेड (एलआईसीएन)को हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा, कम्पनीको ८८.४५१६८ प्रतिशतले हुन आउने कुल २ करोड ३४ लाख ६८ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

हेडलाइन्स