काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवनका उतारचढावहरूमा आफ्ना ग्राहकहरूलाई सेवा र समर्थन गरेको २० अविश्वसनीय वर्षको उत्सव मनाउँदै विषयगत फिल्म सार्वजनिक गरेको छ ।
यस फिल्मले ग्राहकहरूले कम्पनीमाथि राखेको लचिलोपन र विश्वास, र उनीहरूको जीवनमा खुशी फिर्ता ल्याउन कम्पनीसँगै गरेको यात्रालाई सुन्दर ढंगले चित्रण गरेको छ।
यस फिल्मले जीवनमा आइपर्ने उतारचढावलाई नआत्तिकन धैर्यका साथ अघि बढ्न प्रेरणा प्रदान गरेको छ ।
जीवन उतारचढावको मिश्रण र दुःख र सुखको मेला हो भन्ने भाव यस फिल्मा देखाउन खोजिएको छ । यसमा आफु बाल्यकाल हुँदा अभिभावकले आफ्नो शिरमाथि राखेको हातदेखि दाजु(भाइको काँधसम्मको कथालाई प्रस्ट रपमा प्रस्तुत गरिएको छ ।
जब जीवनले लडाउँछ, तब मिलेर उठ्नुपर्छ र उठ्नका लागि साथ दिनेहरूको महत्व यस कथामा देखाउन खोजिएको छ ।
यस भिडियोले आफ्नो बाल्यकालका मीठा सम्झनाहरूलाई स्मरण गर्दै परिवारभित्रको प्रेम, एकता, संघर्ष र पुनर्निर्माणको यात्रालाई दर्शाएको छ ।
एउटा हाशी खुशी परिवारमा जब कुनै बज्रपात पर्छ । त्यस परिवारको मुख्य सदस्य जो त्यस क्षणको सिकार हुन पुग्छ । जब परिवारमा विपत्ति आइपर्छ । त्यसले सबै कुरालाई परिवर्तन गरिदिन्छ ।
यस कथा हरेक परिवर्तनलाई लडेर जित्ने दाजु-भाइ प्रति समर्पित गरिएको छ । यस्ता हरेक क्षणमा शिखर इन्स्योरेन्सले परेको बेला सहयोगी हात बनेर उभिने प्रतिबद्वता व्यक्त गरेको छ ।
जब विपत्तिले सबै थोक परिवर्तन गरिदिन्छ तब उनीहरू फेरि उठ्न संघर्ष गर्छन्। यस यात्रामा शिखर इन्स्योरेन्सले नदेखिने तर महत्वपूर्ण सहयोग पुयाउने भूमिका निर्वाह गरिरहेको देखाइएको छ ।