नेपाल लाइफ इन्स्योरेन्सको संचालक सदस्यको पदमा निर्वाचित ३ जनाले गरे पदवहाली

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक सदस्यको पदमा निर्वाचित ३ जनाले पदवहाली गरेका छन् ।

कम्पनीको २५औं वार्षिक साधारण सभाको निर्णयानुसार स्थगन रहेको सर्वसाधारण सेयरधनीहरु (समूह ख) को संचालक निर्वाचन सम्बन्धी बाँकी कार्यक्रम २०८१ चैत्र २ गते होटल भिष्वा, बीरगंजमा सम्पन्न हुँदा विमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन संचालक सदस्यको पदमा निर्वाचित भएका थिए ।

साथै, निर्वाचन सम्पन्न भए पश्चात् चैत २ गते बसेको कम्पनी संचालक समितिको ३९३औं बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित ३ जना संचालक सदस्यहरुले अध्यक्ष गोविन्द लाल संघईबाट सपथ ग्रहण गरी पदबहाली गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

हेडलाइन्स