ट्रष्ट माइक्रो इन्स्योरेन्सले साढे २२ करोडको आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रकम बराबरको कूल २२,५०,००० कित्ता सेयरहरु प्रति सेयर अंकित मूल्य १०० रूपैयाँका दरले सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो ।

यसका लागि कम्पनीले फाल्गुन ४ गते धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरि सम्झौता गरेको छ ।

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु बीमा सेवा पु¥याउने लक्ष्य लिई यस ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेड वि.सं. २०८० साल कात्र्तिक महिना १२ गते निर्जीवन लघु बीमाको इजाजतपत्र प्राप्त गरी लघु निर्जीवन बीमा कम्पनीको हैसियतले मिति २०८०/१२/०१ गतेदेखि लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आईरहेको छ ।

उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उज्वल ढुंगाना र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाद्वारा हस्ताक्षर गरिएको छ ।

प्रतिक्रिया

हेडलाइन्स