काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको पुष मसान्तसम्म कम्पनीले ८ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा ८२.७१ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले ४९ करोड ७७ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिसम्म कम्पनीले ३२ करोड ८३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आवको सोहि अवधिको तुलनामा १०.६५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले २९ करोड ६७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
पुष मसान्तसम्म कम्पनीले ८१ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो गत आवको सोहि अवधिको तुलनामा १२.५४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ७२ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।
समीक्षा अवधीमा कम्पनीको महाविपत्ति कोषमा ९ करोड ९७ लाख रुपैयाँ, स्पेसल रिर्जभमा १ अर्ब ३७ करोड रहेको छ ।
१ अर्ब ६४ करोड रुपैयाँ सेयर पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ३० करोड १३ लाख रुपैयाँ र अन्य इक्विटीमा ११ करोड ७७ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १०.४६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २१५.३७ रुपैयाँ, पीई रेसियो ९३.२१ गुणा रहेको छ ।