काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।
चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा कम्पनीले ४६ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा ९.४५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिसम्म कम्पनीले २२ अर्ब १२ करोड ९३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आवको सोहि अवधिको तुलनामा १२.२६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले १९ अर्ब ७१ करोड २३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
कम्पनीले २२ अर्ब ३९ करोड ६० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो गत आवको सोहि अवधिको तुलनामा ११.९८ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले २० अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।
कम्पनीको कुल आम्दानी गत आवमा २९ अर्ब २० करोड रुपैयाँ रहेकोमा चालु आवमा बढेर ३३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।
कम्पनीको जीवन बीमाकोष गत आवमा १ खर्ब ८२ अर्ब रुपैयाँ रहेकोमा चालू आवमा बढेर २ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ।
८ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा २ अर्ब ३८ करोड रुपैयाँ र महाविपत्ति कोषमा १ अर्ब ३० करोड रुपैयाँ सञ्चित गरेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ११.४१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५४.५१ रुपैयाँ रहेको छ।