हिमालयन रिलाई ८० प्रतिशत बिजनेस दिन कम्पनीहरुलाई समितिकाे ठाडो निर्देशन

निर्देशन पत्रसहित

काठमाडौं । बीमा समितिले हिमालयन रि इन्स्योरेन्सको व्यवसाय सुनिश्चित गरेको छ । समितिले नेपालमा सञ्चालन रहेका सबै बीमा कम्पनीहरुलाई पत्र पठाउँदै पुनरबीमा व्यवसाय हिमालयन रिलाई दिन ठाडो निर्देशन दिएको हो ।

हाल विधमान व्यवस्था अनुसार नेपालका बीमा कम्पनीहरुले कुल व्यवसायको २० प्रतिशत नेपाल पुनरबीमा कम्पनीलाई दिनु पर्छ । बाँकी रहेको ८० प्रतिशत व्यवसाय विदेशी पुनरबीमा कम्पनीलाई दिन सक्थे ।

तर समितिले गरेको नयाँ व्यवस्था अनुसार अब नेपालका बीमा कम्पनीले ८० प्रतिशत व्यवसाय स्वदेशी कम्पनीलाई दिनु पर्ने व्यवस्था गरेको छ । हाल नेपालमा २ वटा पुनरबीमा कम्पनी सञ्चालनमा छ । नेपाल पुनरबीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्स कम्पनी रहेका छन् । हालको व्यवस्था अनुसार पुनरबीमा कम्पनीलाई बीमा कम्पनीहरुको कुल व्यवसायको २० प्रतिशत दिनु पर्ने व्यवस्था यथावत नै छ ।

समितिले बीमा कम्पनीलाई पठाएको निर्देशनको ‘ख’ बुँदामा प्रत्यक्ष हिस्सा स्वरुप प्रदान गरिएको पुनबीमा बाहेक बाँकी हुन आउने सबै पुनबीमा व्यवसाय स्वदेशी पुनरबीमकलाई प्रदान गर्नु पर्ने भनेर लेखिएको छ । एउटा स्वदेशी बीमा कम्पनीले पहिलै व्यवसाय प्राप्त गरिसकेको छ र अर्को कम्पनी हिमालय रिले समितिको सो निर्णय पश्चात व्यवसाय सुनिश्चित भएको छ ।

समितिको निर्देश अनुसार स्वदेशी कम्पनीले विदेशी पुनरबीमा कम्पनीसँग व्यवसाय गर्नका लागि स्वेदेशी पुनरबीमा कम्पनीले व्यवसाय गर्न अस्वीकार गरेको प्रमाण पत्र पेश गरेर मात्र पुनरबीमा सटही सुविधा माग गर्नु पर्नेछ ।

यस्तो छ समितीको निर्देशन

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2021/11/Circular-Reinsurance.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स