हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

इन्स्योरेन्सले हाल कायम चुक्तापुँजीको १४ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । बैठकले उक्त बोनस सेयरमा लाग्ने करबापतको रकम सेयरधनी आफैले तिर्नुपर्ने निर्णय समेत गरेको छ ।

उक्त लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स