आईएमई लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम ८० रूपैयाँसम्म बोनस पाउने

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि बीमितहरुका लागि नयाँ बोनसदर घोषणा गरेको हो ।

कम्पनीले आव २०८०/८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांककीय प्रतिवेदन नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृती भएबमोजिम बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार बीमितले न्यूनतम प्रतिवर्ष प्रति हजार २२ रुपैयाँदेखि अधिकतम ८० रूपैयाँसम्म बोनस पाउनेछन् ।

सावधिक सीमित अवधि भुक्तानी, सावधिक तथा बाल सावधिक
यस बीमालेखमा कम्पनीले प्रतिहजार ० देखि ९ वर्षसम्मको अवधिका लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षसम्मको अवधिका लागि पनि ३२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षसम्मको अवधिका लागि ५२ रुपैयाँ, २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६७ रुपैयाँ र ३० वा सोभन्दा बढी अवधिका ७० रुपैयाँ बोनसदर तोकेको छ।

सामूहिक सावधिक
कम्पनीले यस बीमालेख अन्तर्गत प्रतिहजार ० देखि ९ वर्षसम्मको अवधिका लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षसम्मको अवधिका लागि पनि ३२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षसम्मको अवधिका लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्षसम्मको अवधिका लागि ७० रुपैयाँ र ३० वा सोभन्दा बढी अवधिका ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।

सावधिक तथा आजीवन
यस बीमालेखमा कम्पनीले प्रतिहजार ० देखि ९ वर्षसम्मको अवधिका लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षसम्मको अवधिका लागि पनि ३२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षसम्मको अवधिका लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा बढी अवधिका ८० रुपैयाँ बोनसदर दिने भएको छ।

अग्रिम भुक्तानी तथा आजीवन (कल्पधन)
यस योजनामा कम्पनीले प्रतिहजार १० देखि १४ वर्षसम्मको अवधिका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मका लागि ३८ रुपैयाँ, २० देखि २४ वर्षसम्मको अवधिका लागि ५० रुपैयाँ र २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६३ रुपैयाँ बोनसदर कायम गरेको छ।

अग्रिम भुक्तानी सावधिक
कम्पनीले यस योजनामा १० देखि १४ वर्षसम्मको अवधिका लागि प्रतिहजार ३० रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ३५ रुपैयाँ, २० देखि २४ वर्षसम्म अवधिका लागि ४८ रुपैयाँ र २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६३ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।

बाल अग्रिम भुक्तानी सावधिक (बाल उमंग)
कम्पनीले यस बीमालेख अन्तर्गत १० देखि १४ वर्षसम्मको अवधिका लागि प्रतिहजार ३० रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ३७ रुपैयाँ, २० देखि २४ वर्षसम्म अवधिका लागि ५० रुपैयाँ र २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६५ रुपैयाँ बोनसदर कायम गरेको छ।

वार्षिक बाल अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (बाल किरण)
कम्पनीले यस योजनामा १० देखि १४ वर्षसम्मको अवधिका लागि प्रतिहजार ३० रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षसम्म अवधिका लागि ४४ रुपैयाँ र २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६० रुपैयाँ बोनसदर कायम गरेको छ।

कम्पनीको वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता)
कम्पनीले यस योजनामा सम्पूर्ण बीमा अवधिका लागि प्रति हजार २२ रुपैयाँ का दरले बोनसदर कायम गरेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स