सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम ८० रूपैयाँसम्म बोनस पाउने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि बीमितहरुका लागि नयाँ बोनसदर घोषणा गरेको हो ।

कम्पनीले आव २०८०/८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांककीय प्रतिवेदन नियामक निकाय बीमा प्राधिकरणबाट पुस २९ गते स्वीकृती भएबमोजिम बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार बीमितले न्यूनतम प्रतिवर्ष प्रति हजार २५ रुपैयाँदेखि अधिकतम ८० रूपैयाँसम्म बोनस पाउनेछन् ।

अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमालेख
कम्पनीले यस बीमालेख अन्तर्गत प्रतिहजार १० वर्षदेखि १४ वर्षसम्मको अवधिका लागि प्रतिहजार ४४ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मको अवधिका लागि प्रतिहजार ४९ रुपैयाँ, २० देखि २४ वर्षसम्मको अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेख
कम्पनीले यस बीमालेखमा प्रतिहजार ० वर्षदेखि ९ वर्षसम्मको अवधिका लागि २५ रुपैयाँ, १० देखि १४ वर्षसम्मको अवधिका लागि २७ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि २७ रुपैयाँ र २० देखि २४ वर्षसम्मको अवधिका लागि २८ रुपैयाँँसम्म बोनसदर कायम गरेको छ।

सिटिजन शुभारम्भ योजना (सावाधिक प्लस) बीमालेख
कम्पनीले यस बीमालेखमा प्रतिहजार ० देखि ९ वर्षसम्मको अवधिका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्षसम्मको अवधिका लागि ३९ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ४१ रुपैयाँ, २० देखि २४ वर्षसम्मको अवधिका लागि ४६ रुपैयाँ, २५ वषदेखि २९ वर्षसम्मको अवधिका लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि ७५ रुपैयाँ बोनसदर कायम गरेको छ।

सावधिक (रेगुलर)जीवन बीमालेख
यस योजनामा कम्पनीले प्रतिहजार ० देखि ९ वर्षसम्मको अवधिका लागि ३८ रुपैयाँ, १० देखि १४ वर्षसम्मको अवधि लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षसम्मको अवधिका लागि ५० रुपैयाँ, २५ वषदेखि २९ वर्षसम्मको अवधिका लागि ६३ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि ७३ रुपैयाँ बोनसदर कायम गरेको छ।

सिटिजन बाल भविष्य योजना (सावधिक) बीमालेख, सिटिजन बाल भविष्य योजना प्लस (सावधिक) बीमालेख
कम्पनीले यस बीमालेख अन्तर्गत प्रतिहजार ० देखि ९ वर्षसम्मको अवधिका लागि ४० रुपैयाँ, १० देखि १४ वर्षसम्मको अवधिका लागि ४४ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ४७ रुपैयाँ, २० देखि २४ वर्षसम्मको अवधिका लागि ५२ रुपैयाँ र २५ वषदेखि २९ वर्षसम्मको अवधिका लागि ६७ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।

सावधिक तथा आजीवन बीमालेख (सिटिजन जीवन सारथि योजना)
यस योजनामा कम्पनीले प्रतिहजार ० देखि ९ वर्षसम्मको अवधिका लागि ३८ रुपैयाँ, १० देखि १४ वर्षसम्मको अवधिका लागि ३९ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ४१ रुपैयाँ, २० देखि २४ वर्षसम्मको अवधिका लागि ४३ रुपैयाँ, २५ वषदेखि २९ वर्षसम्मको अवधिका लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि ८० रुपैयाँ बोनसदर तोकेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स