राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओको लागि ४ जना परे संक्षिप्त सूचीमा

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको सीईओको लागि ४ जना संक्षिप्त सूचीमा परेका छन् । कम्पनीले माग गरेको आवेदन अनुसार सीईओ पदको लागि इच्छा व्यक्त गर्ने मध्ये ४ जनाको नाम छनौट गरिएको हो ।

छनौट तथा सिफारिस समितिको अनुसार संक्षिप्त सूचीमा समावशे हुनेमा महेश रिमाल, राजुनाथ खनाल, रामदेव यादव र सुन्दर पन्थी रहेका छन् ।

छानौट हुनेहरुको प्रस्तुतीकरण र अन्तरवार्ताको समेत मिति तय गरिएको छ । माघ ४ गते दिउँसो साँढे तीन बजेबाट प्रस्तुतीकरण हुने तथा ५ गते बिहान ८ बजेदेखि अन्तरवार्ता हुने बताइएको छ ।

स्थान राष्ट्रिय जीवन बीमा कम्पनी नै रहने समेत बताइएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स