गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदकको ओईरो, कति पर्‍यो आवेदन ?

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा दोस्रो दिन १ अर्ब ४० करोड ७४ लाख ९९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

आज साँझ ५ः११ बजेसम्ममा कम्पनीको आईपीओमा १० लाख २७ हजार ७४३ जना आवेदकले १ करोड ४० लाख ७४ हजार ९९० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ ।

जुन कम्पनीले सर्वसाधरणलाई निष्काशन गरेको सेयरको ७.६२ गुणा बढी हो ।

कम्पनीले पुस २१ गतेदेखि सर्वसाधरणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका अंकित दरमा २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आईपीओ बिक्री गरिसकेको छ । त्यस्तै, ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।

सर्वसाधारणले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यसमा पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ ।

रेटिङ एजेन्सी केयर नेपालले इन्स्योरेन्सको आईपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आईपीओमा कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनीको आईपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स