काठमाडौं । नेपाल बीमा प्राधिकरणका रिक्त रहेपनि कार्यभार सम्हाल्न पुगेका अर्थमन्त्रालयका सहसचिव अध्यक्ष मदन दाहालले आफु पूर्ण अध्यक्ष रहेको बताएका छन् ।
उनले प्राधिकारणमा अध्यक्षको पूर्ण जिम्मेवारीमा रहेको बताएका हुन् । प्राधिकरणमा कार्यकारी निर्देशकको समेत पदपूर्ति गर्ने बताएका हुन् । आज उनले पत्रकार सम्मेलन नै आयोजना गर्दै बदमासी गर्नेलाई बीमा कम्पनीले कारवाही गर्ने बताएका छन् ।
उनले भने ‘ठुला इन्स्योरेन्सहरु गाँउ गाउँ मा पुग्न नसकेपछि साना इन्स्योरेन्सहरु आउका हुन । निर्जीवन, जीवन सबै चलाउन लागी परेका छौँ ’।
साथै बीमा प्राधिकरणले स्थापीत हुनका लागि कार्य गरिरहेको समेत बताएका छन् ।
वास्तविक पीडित बीमितहरुले न्याय नपाएकोमा दुःख ब्यक्त गर्दै छिटो भन्दा छिटो दावी भुक्तानी दिनको लागी प्राधिकरणमा पहल गरीरहेको छ । र कागजात उपलब्ध भएर समेत दावी भुक्तानी गर्न ढिलाई भएमा कारवाही समेत गर्ने उनले बताए