लघु बीमालेख जारी गर्ने ११ निर्जीवन बीमा कम्पनीले संकलन गरे ३४ करोड ७१ लाख

काठमाडौं । लघु बीमा लेख जारी गरेका ११ वटा निर्जीवन बीमा कम्पनीले मंसिर मसान्तसम्ममा ३४ करोड ७१ लाख रुपैयाँ संकलन गरेको छन् । लघु बीमा कम्पनीहरु नै रहे पनि अन्य बीमा कम्पनीहरुले पनि लघु बीमालेख जारी गर्दै आएका छन् ।

जसमा बीमा शुल्क संकलन पनि उल्लेख्य नै रहेको देखिन्छ । नयाँ लाइसेन्स पाएका लुघ बीमा कम्पनीहरुको व्यवसाय निकै राम्रो देखिएको बीमा प्राधिकरणले जारी गरेको तथ्याङ्कले देखाएको छ ।

निर्जीवन बीमा ब्यवसाय गर्ने बीमकहरुले जारी गरेको लघु बीमालेखको विवरणमा मंसिर महिना सम्ममा १ लाख ३७ हजार ९ सय ७४ ले बीमालेख संख्या जारी गरी ३४ करोड ७१ लाख कुल बीमा शुल्क संकलन गरेको देखिएको हो ।

दि ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेड, नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रभु इन्स्योरेन्स लिमिटेड र हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको कुल बीमाशुल्क लाख भन्दा कम रहेको छ ।

त्यस्तै नेको इन्स्योरेन्स लिमिटेड ले मंसिर महिनामा मात्रा ५ सय ३९ बीमालेख संख्या जारी १३ लाख कुल बीमा शुल्क असुल गरेको छ । मंसिर महिनाको मसान्त सम्ममा २ हजार ७ सय ९७ बीमालेख जारी गरी ७३ लाख बीमा शुल्क असुल गरेको छ ।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड मंसिर मसान्तसम्ममा १ हजार ६ सय १ बीमालेख जारी गरी २ लाख रकम कुल बीमा शुल्क असुल गरेको छ ।

त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड मंसिर मसान्तमा मात्र १ सय ८२ बीमालेख जारी गरी ६ लाख रकम असुल गरेका छन् । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड मंसिर मसान्त ३९ हजार ८ सय ६६ बीमालेख जारी गरी कुल १० करोड १२ लाख बीमाशुल्क संकलन गरेको छ ।

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० हजार ३ सय ६१ बीमालेख जारी गरी ८ करोड ३१ लाख कुल बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर मसान्तमा ३५ हजार १ सय बीमालेख जारी गरी ७ करोड ७२ लाख र ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले २८ हजार ५८ बीमालेख जारी गरी ७ करोड ७१ लाख संकलन गरेको नेपाल बीमा प्राधिकरणको तंथ्याकले देखाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स