युनाइटेड अजोड इन्स्योरेन्सको ४ लाख ७ हजार संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको ४ लाख ७ हजार १८२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।

जसमा संस्थापक सेयरधनी आईजे ग्रुपको नाममा रहेको ३ लाख ७४ हजार ४५ कित्ता सेयर रहेको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ २२५ रुपैयाँ तोकेको छ ।

यस्तै, कम्पनीले संस्थापक सेयरधनी राधेश्याम अग्रवालको नाममा रहेको ३३ हजार १३७ कित्ता सेयर पनि बिक्रीमा ल्याएको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ २७५ रुपैयाँ तोकेको छ ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज पुस १२ गते बाट ३५ दिनभित्र युनाइटेड अजोड इन्स्योरेन्सको प्रधान कार्यालय, सीटीसी महल काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स