काठमाडौं । नेको इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई पुस ९ गते हकप्रद सेयर निष्काशन गर्न अनुमति प्रदान गरेको हो ।
बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले १ः०.२५ प्रतिशत अर्थात २५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ ।
नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ कायम गरेको छ । हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।