काठमाडौं । चालू आर्थिक वर्षको ५ महिनामा जीवन बीमा कम्पनीले ६५ अर्ब ७४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बीमा कम्पनीले विगतको भन्दा बीमा शुल्क संकलन वृद्धि गरेका हुन् ।
सबैभन्दा धेरै संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । जसले कम्पनीले १८ अर्ब ७६ करो रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको तथ्याङ्मा देखिएको छ ।
नेशनल लाइफ कम्पनीको ७ अर्ब ९८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
एलआइसी इन्स्योरेन्स कम्पनीको ७ अर्ब ६६ करोड, हिमालयन लाइफ ६ अर्ब ७९ करोड, सूर्य ज्योति लाइफले ३ अर्ब ९९ करोड रुपैयाँ, एशियन लाइफले ३ अर्ब ३३ करोड रुपैयाँ, सिटिजन लाइफले २ अर्ब ६५ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले २ अर्ब ५९ करोड, मेट लाइफले २ अर्ब ३३ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले २ अर्ब २५ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ९४ करोड रुपैयाँ, रिलायबल नेपालले १ अर्ब ९२ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब ८९ करोड रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ५७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन भएको प्राधिकरणको तथ्याङ्कले देखाएको छ ।