काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा २५ करोड ८३ लाख ४४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । आज साँझ ५ः११ बजेसम्म ४७ हजार ६५९ जनाले २५ लाख ८३ हजार ४४० कित्ताका लागि आवेदन दिएको सीडीएसले जनाएको छ ।
यो कम्पनीले निष्काशन गरेको सेयरको मागभन्दा ११.४८ गुणा बढी हो ।
कम्पनीले मंसिर १९ गतेदेखि आज पुस ३ गतेसम्म २ लाख २५ हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरेको थियो ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।