काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी स्थापनाको १७ औं वर्ष पुरा गरी १८ औं वर्षम प्रवेश गरेको छ । २०६१ मंसिर २ गतेदेखि कम्पनीले निर्जीवन बीमा व्यवसायको शुभारम्भ गरेको थियो ।
कम्पनीले १७ औं वार्षिकोत्सवको अवसरमा दश वर्ष सेवा अवधि पूरा गरेका २५ जना कर्मचारीलाई सम्मान गरेको छ । यसका साथै कम्पनीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका थिए ।
सुरुमा कम्पनी स्थापना गर्दा १० करोडको चुक्ता पुँजी भएको शिखर इन्स्योरेन्स आज १७५ करोडको चुक्ता पुँजी रहेको छ । शिखर इन्स्योरेन्स आ।व २०७७र०७८ मा निर्जिवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा बढी ३९७ करोडको बीमाशुल्क आर्जन गर्न कम्पनी बन्न सफल भएको थियो ।
यसले उपत्यकाभित्र १६ र उपत्यका बाहिर ७६ सहित कुल ९२ वटा शाखा कार्यालय मार्फत निर्जीवन बीमा व्यवसाय गर्दै आइरहेको छ ।