जीवन बीमा कम्पनीको व्यवसाय ५३ अर्ब नाघ्यो, कसको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को कार्तिक मसान्तसम्म जीवन बीमा कम्पनीहरूले ५३ अर्ब भन्दा बढी रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बीमकले चार महिनामा १ करोड ३३ लाख ४९ हजार १ सय ५७ बीमालेख जारी गरेर ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।

बीमा कम्पनीहरूले गरेको सो व्यापारमध्ये सबैभन्दा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । उक्त कम्पनीले कम्पनीले ३ लाख १६ लाख ६२ हजार ४ सय ३ वटा बीमालेख जारी गरि १५ अर्ब ४० करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले ५ लाख ८२ हजार ३ सय ८३ बीमालेख जारी गरी १ अर्ब ७७ करोड ६५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १५ लाख ७७ हजार ३ सय २८ बीमालेख जारी गर्री ६ अर्ब ४३ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो ।

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन लिमिटेडले ६ लाख ८७ हजार ८३ बीमालेख जारी गरी ६ अर्ब ५ करोढ ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

मेट लाइफ ले ७ लाख ४० हजार ६ सय ६ बीमालेख जारी गर्दै १ अर्ब ८७ करोड ५१ लाख, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७ लाख १५ हजार ७ सय ३७ बीमालेख जारी गर्दै २ अर्ब ७४ करोड ३५ लाख, आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ लाख ७४ हजार १ सय ५५ बीमालेख जारी गर्दै १ अर्ब ५३ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ८ लाख ६२ हजार ४ सय ४५ सक्रिय रहेको बीमालेख रहेको छ । जसबाट कम्पनीले १ अर्ब २८ करोड १५ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २४ लाख ९१ हजार ६ सय ७८ बीमालेख जारी गरि १ अर्ब ५५ करोड ८८ लाख, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ११ लाख १ हजार ९ सय ३३ बीमालेख जारी गरि २ अर्ब १९ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

त्यस्तै, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ८ लाख ९२ हजार २ सय ३५ बीमालेख जारी गर्रि ३ अर्ब २५ करोड १३ लाख, सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ८ लाख ७० हजार ७ सय ८२ बीमालेख जारी गरि २ अर्ब ५ करोड ९५ लाख, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडल ४ लाख ३ हजार ३ सय ७५ बीमालेख जारी गरि ५५ अर्ब ५८ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख ८७ हजार ५४ बीमालेख जारी गरि १ अर्ब ६२ करोड ७९ लाख कुल बीमाशुल्क आर्जन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स