काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ ।
कम्पनीको आज मंसिर १४ गते बसेको सञ्चालक समिति बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।