काठमाडौं । चालू आर्थिक वर्षको ४ महिना अवधीमा निर्जीवन बीमा कम्पनीहरुले १४ अर्ब नौ करोड रुपैयाँ बराबरको व्यवसाय गरेको पाइएको छ ।
समग्रमा निर्जीवन बीमा व्यवसाय बढेको पाइएो छ । संचालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरु औषत व्यवसया वृद्धि भएकोे हो । नेपाल बीमा प्राधिकरणले आज ४ महिना को बीमा व्यवसया सार्वजनिक गरेको छ ।
जस अनुसार
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४ महिनामा एक अर्ब ७७ करोड रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले एक अर्ब ४६ करोड रुपैयाँ, शिखर इन्स्योरेन्सले एक अर्ब ४१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
नेको इन्स्योरेन्सले एक अर्ब १५ करोड रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले एक अर्ब १४ करोड रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले एक अर्ब १३ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ९४ करोड १९ लाख रुपैयाँ, ओरिएण्टल इन्स्योरेन्सले ९२ करोड ८६ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ८४ करोड १ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ७८ करोड ६८ लाख रुपैयाँ, सानिमा जीआइसी इन्स्योरेन्सको ७७ करोड ९३ लाख रुपैयाँ व्यवसाय देखिएको छ ।