काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले आज मंसिर ११ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला भएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद निष्काशन गरेको हो ।
कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ६२ दशमलव ५६ प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो । उक्त सेयरमा कात्तिक २६ गतेसम्म कायम सेयरधनीहरूले पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
उक्त सेयरमा बिक्री प्रबन्धकसँगै एनएलजी इन्स्योरेन्सका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरू र लक्ष्मी सनराइज बैंकका काठमाडौं उपत्यका बाहिरका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था छ ।
साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । अनलाइन आवेदनका लागि मेरो सेयर समेत प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
हकप्रद निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई समयमा वित्तीय दायित्व वहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर रेटिङ ए माइनस प्रदान गरेको छ ।