काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको २७ हजार ३२१ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।
यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (मंसिर ५ गते) बाट ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एसिया क्यापिटल, थापाथली काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।