आइएमई जनरल इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा क्षति मूल्यांकनकर्ताको तालिम सम्पन्न

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले कृषि तथा पशुपन्छी बीमा क्षति मूल्यांकनको तालिम सम्पन्न गरेको छ ।। बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बीमा क्षति मूल्यांकनकर्ताको व्यवस्था गर्न कृषि तथा पशुपन्क्षी बीमाको लागि कम्पनीले तालिम आयोजना गरेको हो ।

कम्पनीले सोलुखुम्बु र ओखलढुङ्गाका सहभागिहरुलाई एकै स्थानमा समावेश गरि कार्तिक २८ देखि ३० गतेसम्म सोलुखुम्बुको पत्ताले गुठीभवनमा बीमा समितिको प्रतिनिधिको रोहवरमा तालिम सम्पन्न गरेको हो । उक्त तालिममा १५ जनाको सहभागिता रहेको थियो ।

क्षति मूल्यांकनकर्ताको तालिम पश्चात कृषि तथा पशुपन्छी बीमाको क्षतिको लागि तोकिएको सीमाभन्दा बढीको क्षतिमा क्षति मुल्यांकनकर्ताले मुल्यांकन गरी दावी भुक्तानी गर्ने व्यवस्थाबाट कृषि तथा पशुपन्छी बीमामा उल्लेख रुपमा सुधार भई कम्पनीले ग्राहकलाई बीमा सेवा प्रदान गर्न सहज हुने अपेक्षा कम्पनीले लिईएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स