काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ८ करोड ९५ लाख रुपैयाँ घाटा ब्यहोर्नु परेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले ५ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीले ३१ करोड १८ लाख रुपैयाँ बराबरको खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत आवको तुलनामा १४.८५ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले ३६ करोड ६१ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीको कुल बीमा शुल्क आर्जन ३१.४२ प्रतिशतले वृद्वि भएर ७७ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी १४.१२ प्रतिशतले घटेर ११ करोड ५१ लाखमा झरेको छ ।
कम्पनीको रिटेन्ड अर्निङमा ४१ करोड ६१ लाख रुपैयाँ, बीमा कोषमा १० अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।
२ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी १३.६५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २४१.४ रुपैयाँ रहेको छ ।