राष्ट्रिय बीमा कम्पनीको नाफा १५ करोड ६५ लाख, कस्ता छन् अन्य सूचक ?

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १५ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा १३.७४ प्रतिशतले बढी हो। अघिल्लो आवको सोहि अवधिमा कम्पनीले १३ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आवमा कम्पनीको कुल आम्दानी ३१ करोड ३६ लाख रुपैयाँ रहेकोमा चालु आवमा बढेर ४१ करोड ५१ लाख रुपैयाँभन्दा बढी छ।

समीक्षा अवधिमा कम्पनीले ६३ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो गत आवको तुलनामा १८.३० प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ५३ करोड ६४ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो।

त्यस्तै, कम्पनीले १८ करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आवको तुलनामा १२३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ८ करोड ३८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

कम्पनीको प्रथम त्रैमाससम्म रिटेन्ड अर्निङमा २ अर्ब ३३ करोड ५ लाख रुपैयाँ, महाविपत्ति कोषमा ६६ करोड ५१ लाख रुपैयाँ र स्पेसल रिजर्भमा ३ अर्ब १ करोेड ८० लाख रुपैयाँ सञ्चित रहेको छ।

२६ करोड ६६ लाख रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी ५८.७२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १ हजार २२३.५२ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स