काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमास २० करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.०६ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १५ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा इन्स्योरेन्सले समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ९.१४ प्रतिशत बढेको छ । कुल आम्दानी १४.३० प्रतिशत बढेको छ । इन्स्योरेन्सको खुद दाबी भुक्तानी समीक्षा अवधिमा १३.१० प्रतिशत र कुल खर्च १२.७५ प्रतिशत बढेको छ ।
नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी २ रुपैयाँ ३१ पैसा बढेर १० रुपैयाँ १ पैसा पुगेको छ । असोज मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ८७.४१ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ९९ पैसा रहेको छ ।
८ अर्ब २० करोड ७९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा १ अर्ब २२ करोड ८८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७१ करोड १९ लाख रुपैयाँ र अन्य इक्विटीमा ७९ करोड ५२ लाख रुपैयाँ सञ्चित छ ।