बाढी पहिरोबाट भएको क्षतिमा बीमा दावी भुक्तानी मंसिर २५ भित्र भैसक्नुपर्ने, प्राधिकरणले दियो निर्देशन

काठमाडौं । असोज पहिलो हप्ता भएको आएको अविरल बर्षा र त्यसपछिको बाढी पहिरोबाट भएको क्षतिमा दावी भुक्तानी मंसिर २५ भित्र हुनपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको सीईओहरुलाई बोलाएर निर्देशन दिएको हो ।

प्राधिकरणका अनुसार परेका दावीहरुमा मंसिर २५ गते भित्र भुक्तानी गरिसक्न भनिसकिएको छ । त्यसमा बीमा कम्पनीहरु सकरात्मक समेत रहेका छन् ।

प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल भन्छन्, ‘सोमबार सबै बीमा कम्पनीको सीईओहरुलाई बोलाएर निर्देशन दिइसकिएको छ । अब उनीहरुले करिव १ महिना भित्र भुक्तानी प्रदान गर्नुपर्ने छ । र त्यसमा सकरात्मक समेत रहेका छन् ।’

कुनै ‘क्रिटिकल’ अवस्था आएको खण्डमा मात्रै बाँकी राख्ने अन्यथा भुक्तानी बाँकी नराख्न भनिएको छ ।
यद्दपी बीमा कम्पनीहरुले दावी रकम एकिन गर्दै भुक्तानी प्रदान गर्न भने थालिसकको देखिएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार बीमा दावी १० अर्ब ५३ करोड रुपैयाँ बराबरको रहेको छ ।

३ हजार ४ सय ६० वटा दावी संख्या रहेको छ । जसमा कात्तिक २० गतेसम्मको विवरण अनुसार ४७ करोड ११ लाख रुपैयाँ भुक्तानी भएको छ । त्यसमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले मात्रै २५ करोड १९ लाख रुपैयाँ भुक्तानी गरेको हो । अन्य कम्पनीहरुले समेत विस्तारै भुक्तानी गर्न थालेको देखिएको छ ।

कुन कम्पनीको कति गरेको छ भुक्तानी ?

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ७ करोड ६७ लाख

दि ओरिएन्टल इन्स्योरेन्स ७ लाख २६ हजार

शिखर इन्स्योरेन्स २५ करोड १९ लाख

नेको इन्स्योरेन्स २ करोड ५१ लाख

हिमालयन एभरेष्ट ३ करोड ५५ लाख

सगरमाथा लुम्बिनी ४ करोड ३८ लाख

नेशनल इन्स्योरेन्स २२ लाख ५३ हजार

आइजिआई प्रूडेन्सियल १ करोड २५ लाख

एनएलजी इन्स्योरेन्स ५ लाख ६६ हजार

नेपाल इन्स्योरेन्स ९८ लाख ७७ हजार

सानिमा जीआईसी ७८ लाख २५ हजार

राष्ट्रिय बीमा कम्पनी शुन्य

प्रभु इन्स्योरेन्स ५१ लाख १२ हजार

युनाइटेड अजोड ५ लाख ४३ हजार

स्टार माइक्रो इन्स्योरेन्स २६ हजार

ट्रस्ट माइक्रो इन्स्योरेन्स शुन्य

नेपाल माइक्रो इन्स्योरेन्स २५ हजार

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स शुन्य

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स