क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको बीमांकिय मूल्यांकन प्रतिवेदन स्वीकृत

काठमाडौं । लघु बीमाको क्षेत्रमा नेतृत्वदाही भूमिका खेलिरहेको क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको बीमांकिय मूल्यांकन सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांकिय मूल्यांकन भई प्रतिवेदन नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट कात्तिक २६ गते स्वीकृत भएको हो ।

बीमा कम्पनीको आर्थिक अवस्था कस्तो रहेको छ भनी बुझ्ने एक महत्वपूर्ण आधारको रुपमा बीमांकिय मूल्यांकनलाई लिने गरिन्छ । नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृत बीमांकिय मूल्यांकनले यस कम्पनी विश्वसनिय तथा भरपर्दो रहेको दर्शाउदछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स