काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । सोमबार, कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन भएको हो ।
जसमा कम्पनीको ६२.५६ प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य १३३९ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ८६२.१८ रुपैयाँ कायम भएको छ ।
योसँगै, अब भोलि मंगलबार समायोजित मूल्यलाई आधार मानेर कम्पनीको कारोबार खुला हुनेछ ।