हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्यो बाढी पहिरो पीडितलाई ३ करोड ५५ लाख बीमा दावी भुक्तानी

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ करोड ५५ लाख ८३ हजार रुपैयाँभन्दा बढी बीमा दावी भुक्तानी गरेको छ ।

गत असोज पहिलो साता आएको बाढीबाट भएको क्षतिमा कम्पनीले बाढीबाट भएको माग दावीमा कार्तिक २० गतेसम्म सो बीमा दावी भुक्तानी गरेको हो ।

कम्पनीमा बीमा गराएका कम्पनीमध्ये २४२ ओटा दावीबाट ९४ करोड ९० लाख १५ हजार रुपैयाँ दावी माग भइ आएकोमा कम्पनीले कार्तिक २० गतेसम्म ३५ ओटा बीमा पोलिसीको दावीको भुक्तानी गरेको हो ।

असोज महिनामा आएको बाढीबाट १० अर्ब ५३ करोड २७ लाख रुपैयाँ दावी परेको छ । सो दावीमध्ये कार्तिक २० गतेसम्म बीमा कम्पनीहरूले ६३७ बीमा दावीको भुक्तानी गरेको छ । सो दावी भुक्तानीको लागि कम्पनीहरूले ४७ करोड ११ लाख रुपैयाँ दावी भुक्तानी गरेका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स