काठमाडौं । असोजमा आएको अविरल बर्षा र त्यसपछिको बाढी पहिरोबाट भएको क्षतिमा दावी भुक्तानी हुन थालेको छ । बीमा कम्पनीहरुले दावी रकम एकिन गर्दै भुक्तानी प्रदान गर्न थालिसकको नेपाल बीमा प्राधिकरणले जनाएको हो ।
कात्तिक २० गतेसम्मको विवरण अनुसार ४७ करोड ११ लाख रुपैयाँ भुक्तानी भएको छ । त्यसमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले मात्रै २५ करोड १९ लाख रुपैयाँ भुक्तानी गरेको हो । अन्य कमपनीहरुले समेत विस्तारै भुक्तानी गर्न थालेको देखिएको छ ।
कुन कम्पनीको कति ?
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ७ करोड ६७ लाख
दि ओरिएन्टल इन्स्योरेन्स ७ लाख २६ हजार
शिखर इन्स्योरेन्स २५ करोड १९ लाख
नेको इन्स्योरेन्स २ करोड ५१ लाख
हिमालयन एभरेष्ट ३ करोड ५५ लाख
सगरमाथा लुम्बिनी ४ करोड ३८ लाख
नेशनल इन्स्योरेन्स २२ लाख ५३ हजार
आइजिआई प्रूडेन्सियल १ करोड २५ लाख
एनएलजी इन्स्योरेन्स ५ लाख ६६ हजार
नेपाल इन्स्योरेन्स ९८ लाख ७७ हजार
सानिमा जीआईसी ७८ लाख २५ हजार
राष्ट्रिय बीमा कम्पनी शुन्य
प्रभु इन्स्योरेन्स ५१ लाख १२ हजार
युनाइटेड अजोड ५ लाख ४३ हजार
स्टार माइक्रो इन्स्योरेन्स २६ हजार
ट्रस्ट माइक्रो इन्स्योरेन्स शुन्य
नेपाल माइक्रो इन्स्योरेन्स २५ हजार
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स शुन्य