सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले तिर्यो बाढी क्षतिको ७ करोड ६७ लाख रुपैयाँ बीमा दावी भुक्तानी

काठमाडौं । गत असोज पहिलो साता आएको बाढीबाट भएको क्षतिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ७ करोड ६७ लाख रुपैयाँभन्दा बढी बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले बाढीबाट भएको माग दावीमा कार्तिक २० गतेसम्म सो बीमा दावी भुक्तानी गरेको बीमा प्राधिकरणले आज प्रकाशित गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

कम्पनीमा बीमा गराएका कम्पनीमध्ये ५१० ओटा बीमितले दावी भुक्तानी माग गरेका थिए । इन्स्योरेन्स कम्पनीमा उक्त समयमा २ अर्ब ५६ लाख १५ हजार रुपैयाँ दावी परेको छ । सो दावीमध्ये ८० वटा बीमा पोलिसीको दावी भुक्तानी गरेको हो ।

असोज महिनामा आएको बाढीबाट १० अर्ब ५३ करोड २७ लाख रुपैयाँ दावी परेको छ । सो दावीमध्ये कार्तिक २० गतेसम्म बीमा कम्पनीहरूले ६३७ बीमा दावीको भुक्तानी गरेको छ । सो दावी भुक्तानीको लागि कम्पनीहरूले ४७ करोड ११ लाख रुपैयाँ दावी भुक्तानी गरेका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स