काठमाडौं । असोजमा भएको बाढी पहिरोको क्षतिबाट धेरै नोक्सानी भएको भन्दै बीमा दावी गरेको छ । नेपाल प्राधिकरणका अनुसार १० अर्ब ५३ करोड रुपैयाँ बराबरको दावी गरेको हो । जसमा अहिलेसम्म ४७ करोड ११ लाख रुपैयाँ भुक्तानी भएको छ ।
त्यसमा पनि सबै भन्दा धेरै भुक्तानी सम्पत्ति बीमाको बीमालेखमा भएको हो ।
प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सम्पत्ति बीमामा को बीमालेखमा दावी पनि धेरै रहेको र भुक्तानी पनि अधिक रहेको हो ।
कुन बीमालेखमा कति भुक्तानी ?
सम्पत्ति बीमा ३८ करोड ९५ लाख
इन्जिनियरिङ तथा ठेकेदार जोखिममा १ करोड ११ लाख
मोटर बीमा ३ करोड २३ लाख
सामुद्रिक बीमा ७ लाख २१ हजार
पशुपन्छी बीमा १६ लाख ७२ हजार
कृषि बाली बीमा ५ लाख ६१ हजार
विविध २ लाख २० हजार