बाढी तथा पहिरोको क्षतिमा शिखर इन्स्योरेन्सको सबैभन्दा बढी २५ करोड १९ लाख बीमा दावी भुक्तानी

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सबैभन्दा बढी संख्यामा बीमा दावी भुक्तानी गरेको छ । इन्स्योरेन्समा ४५० संख्यामा दाबी भुक्तानी परेकोमा कम्पनीले हालसम्म ३४८ संख्या बीमा दाबी भुक्तानी गरेको हो ।

२०८१ साल आश्विन ११ गते देखि देशभर आएको बाढी तथा पहिरोले देशका विभिन्न स्थानमा ठूलो धनजनको क्षति पुगेर बीमितहरुबाट प्राप्त भएका बीमा दाबीहरुमध्ये कम्पनीबाट हाल सम्म ३४८ बीमा दाबी संख्याको बीमा दाबी भुक्तानी भईसकेको छ ।

कम्पनीमा १ अर्ब ३ करोड ९५ लाख ७० हजार २४३ रूपैयाँ बीमा दाबी परेकोमा कम्पनीले हालसम्म २५ करोड १९ लाख ८८ हजार ५५८ रूपैयाँ बीमा दाबी भुक्तानी गरेको छ ।

क्षति यकिन गरी दाबी रकम निक्यौल गर्नका लागि केही दाबीहरूमा बीमितबाट आवश्यक कागजात उपलब्ध नभएका कारण दाबी भुक्तानी हुन नसकेकोले आवश्यक कागजात उपलब्ध गराई दाबी रकम लिन कम्पनीले सम्पूर्ण बीमितहरुलाई आग्रह गरेको छ ।

साथै, कम्पनीबाट नियुक्त भएका सर्भेयरहरूलाई समेत यथाशक्य चाँडो सर्भे प्रतिवेदन पेश गरी सहज तथा शिघ्र दाबी व्यवस्थापनका लागि सहयोग गर्न अनुरोध गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स