काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सको प्रिमियम आईपीओ विरुद्ध परेको रिट खारेज भएको छ । उच्च अदालत पाटनको इजलासले रिट खारेज गरिदिएको हो ।
अब हिमालयन रि–इन्स्योरेन्सको प्रिमियम आईपीओ सदर भएको छ ।
हिमालयन–रिको प्रिमियम आईपीओ जारी गर्ने समयमै रोक्न माग गर्दै अधिवक्ता भीमसेन रायमाझी र यमप्रसाद भट्टराईले संयुक्त रूपमा उच्च अदालतमा रिट दायर गरेका थिए । उनीहरुले अन्तरिम आदेश समेत माग गरेका थिए ।
तर गत वर्ष त्यससमयमा न्यायधिश रमेश ढकाल र कैलाशप्रकाश सुवेदीको राय बाझिएको थियो ।
अहिले भने न्यायधिश प्रकाश खरेलको एकल इजलासले उक्त रिट खारेज गरेको हो ।
हिमालयनले गत वर्ष मंसिर २७ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिसकेको छ ।
अंकित मूल्य १०० रुपैयाँमा थप १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँका दरले कम्पनीले आईपीओ बिक्री गरेको हो ।
रिट खारेजसँगै अब आईपीओ सदर भएको छ ।