काठमाडौं । एनएलजी इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले मंसिर ११ गतेदेखि हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले चुक्तापुँजीको १०ः ६.२५६ अनुपातमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ९६ करोड ३१ लाख २२ हजार २२ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्नेछ ।
उक्त सेयरमा लगानीकर्ताले पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले हकप्रद सेयरको लागि कात्तिक २७ गते बुक क्लोज गर्नेछ । तसर्थ, कात्तिक २६ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयर खरिद गर्न योग्य हुनेछन् ।
कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
यस हकप्रदमा बिक्री प्रबन्धक लक्ष्मी सनराईज क्यापिटल कमलपोखरी, काठमाडौं र एनएलजी इन्स्योरेन्सको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
यस्तै, लक्ष्मी सनराईज बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड २३ लाख रुपैयाँ पुग्नेछ ।