काठमाडौं । बीमा कम्पनीहरुको पुँजी वृद्धि गरेर वा मर्जरको स्थितिमा पुर्याएर लघु बीमा कम्पनीको लाइसेन्स वितरण गरेको भन्दै नेपाल बीमा प्राधिकरण माथि अहिलेसम्म पनि आलोचना जारी छ । प्राधिकरणका अध्यक्ष सूर्य सिलवाललाई केन्द्रमा राखेर आलोचना भैरहेपनि लुघ बीमा कम्पनीहरुको व्यवसाय निरन्तर बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन बीमा तर्फको ३ कम्पनीले १२ करोड २२ लाख रुपैयाँ व्यवसया गरेको पाइएको छ । जसमा गार्डियन माइक्रो लाईफ इस्योरेन्स कम्पनीले ५ करोड ४१ लाख रुपैयाँको व्यवसाय गरेको छ ।
त्यस्तैगरि क्रेष्ट माइक्रो लाईफ इस्योरेन्स लिमिटेडले ४ करोड ६७ लाख र लिवर्टी माइक्रो लाईफ इस्योरेन्सले २ करोड १४ लाख रुपैयाँको व्यवसाय गरेको पाइएको हो ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ४ वटा लघु निर्जीवन बीमा कम्पनीले १८ करोड ५५ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ ।
जसमा नेपाल माइक्रो इस्योरेन्सले ५ करोड ५० लाख , प्रोटेक्टिभ माइक्रो इस्योरेन्सले ४ करोड ६१ लाख , स्टार माइक्रो इन्स्योरेन्सले ४ करोड १८ लाख र ट्रस्ट माइक्रो इस्योरेन्सले ४ करोड २६ लाख व्यवसाय गरेको छ ।