काठमाडौं उपत्यकामा तत्काल मेट्रो रेल सम्भव छैनः भौतिक मन्त्री यादव

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले काठमाडौंमा तत्काल मेट्रो रेल सम्भव नभएको बताएकी छन् ।

सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री यादवले काठमाडौं उपत्यकामा तत्काल मेट्रो रेल सम्भव नभएको बताएकी हुन् ।

‘यसका लागि धेरै तयारी गर्नु पर्छ । मेट्रोको कल्पना गरेका छौं । यो तुरुन्त हुने काम हैन । यसका लागि जग्गा उपलब्ध हुन सकेको छैन,’ मन्त्री यादवले भनिन्, ‘स्थानीय घर भत्काउन तयार छैन ।’

मेट्रो रेल सञ्चालका लागि विविध समस्या रहेको मन्त्री यादवले बताइन् ।

काठमाडौं उपत्यका काठमाडौं महानगरपालिका, रेल विभाग र लगानी बोर्डले रेल निमार्ण गर्ने भन्दै डीपीआर प्रक्रिया अघि बढाएका छन् ।

यसका विकल्पमा ठूला क्षमताका इलेक्ट्रिक बस चक्रपथमा गुडाउने मन्त्रालयको योजना रहेको उनले सुनाइन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स