ग्वार्को चोकको फ्लाइओभर, कालिकाले आवेदन दिँदा मूल्यांकन अघि बढ्न सकेन

काठमाडौं । काठमाडौंको चक्रपथस्थित ग्वार्को चोकमा सरकारले निर्माण गर्न खोजेको फ्लाइओभरको मूल्यांकन करिब ३ महिनादेखि रोकिएको छ । मुद्दा परेको कम्पनीले फ्लाइओभर निर्माण गर्नका लागि आवेदन बुझाएका मूल्यांकनको काम अघि बढ्न नसकेको हो ।

राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम गरेको भन्दै मुद्दा खोपि रहेको कालिका कन्स्ट्रक्सनले फ्लाईओभर निर्माण गर्न आवेदन बुझाएकाले मूल्यांकन प्रक्रिया अघि बढ्न नसकेको सडक विभागले जानकारी दिएको छ ।

सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गरेको भन्दै सीटीसीइ कालिका जेभीविरुद्ध मुद्दा दायर छ । सीटीभीइ कालिका जेभीविरुद्ध २ अर्ब १३ करोड रुपैयाँ बराबरको भष्टाचार गरेको आरोपमा मुद्दा दायर छ । सो मुद्दाको हालसम्म फौसला हुन सकेको छैन ।

‘भष्ट्रचारको आरोपमा मुद्दा परेको कम्पनीले पनि फ्लाइओभर निर्माण गर्न इच्छा जाहेर गरेर आवेदन बुझाएको छ । मुद्दा लागेको निर्माण कम्पनी सहभागी गरेर मूल्यांकन गर्ने अधिकार विभागसँग छैन । यसका लागि मन्त्रिपरिषद्बाट निर्णय गराउनु पर्नेछ,’ विभागका अधिकारीले भने, ‘यसका लागि मूल्यांकनको फाइल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइएको छ । मन्त्रालयको निर्णय पर्खेर बसेका छौं ।’

मन्त्रालयले कसरी मूल्यांकन प्रक्रिया अघि बढाउने भनेर निर्याण गर्छ त्यही अनुसार प्रक्रिाय अघि बढ्ने ती अधिकारीले हाम्रोअर्थसँग भने ।

पछिल्लो समय मन्त्रालय मन्त्री बिहिन बन्दा पनि समस्या भएको थियो । मन्त्रालयमा मन्त्री नियुक्त भइसकेकाले मूल्यांकनमा भइरहेको अवरोधले छिटो निकासा पाउने विभागको आशा छ ।

ग्वार्को चोकमा फ्लाइओभर निर्माण गर्नका लागि विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले २०७८ असार २८ गते बोलपत्र आह्वान गरेको थियो । फ्लाइओभर निर्माणका लागि आवेदन बुझाउने अन्तिम दिन साउन २२ गतेसम्म ९ वटा निर्माण व्यावसायीले इच्छा जाहेर गर्दै आवेदन दिएका छन् ।

राष्ट्रिय बोलपत्रमा शर्मा एण्ड कम्पनी, लामा-गोल्डेन गुड जेभी, सूर्य-भ्याली-विकास-ब्रदर्स जेभी, एलाइट कन्स्ट्रक्सन, अनक-श्रेष्ठ जेभी, तुन्दी-रसुवा–रोशन जेभी, कालिका कन्स्ट्रक्सन, आशिष-समानान्तर जेभी र एमआर भीम-सगरमाथा जेभीले आवेदन बुझाएका छन् ।

केन्द्रले पहिलो चरणमा ग्वार्को चोक र त्यसपछि सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने योजना बनाएको छ । ग्वार्को चोकमा ४ लेनको फ्लाइओभर बनाउन करिब ३५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ ।

केन्द्रले चक्रपथको कलंकी–कोटेश्वर खण्ड अन्तर्गत सबैभन्दा धेरै जाम हुने ग्वार्को चोकमा पहिलो चरणमा ग्रेड सेपरेटेड इन्टरसेक्सन निर्माण गर्ने योजना अघि बढाएको हो ।

सोही योजनाअनुसार जियोकम-बीडीए-रेज जेभीले बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने जिम्मा पाएको थियो । परामर्शदाताले ग्वार्को चोक, सातदोबाटो चोक र चापागाँउ चोक, एकान्तकुना चोक र नख्खु चोकमा फ्लाइओभरको डीपीआर तयारगरी केन्द्रलाई हस्तान्तरण गरिसकेको छ ।

ग्वार्को चोकको फ्लाइओभर इन्जिनियरिङ प्रोक्यूरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा फ्लाइओभर निर्माणका लागि ठेक्का निकालिएको हो । इपीसी मोडलमा निर्माणको जिम्मा पाउने कम्पनीले नै डिजाइ पनि तयार गर्नेछ । यस अघि केन्द्रले तयार पारेको डिजाइनको आधारमा निर्माण कम्पनीले उपयुक्त डिजाइन तयारगरी निर्माण प्रक्रिया अघि बढाउने छ ।

फ्लाइओभर २ वर्षभित्रमा निर्माण गर्ने योजनाका साथ केन्द्रले ठेक्का निकालेको हो । यसमा डीपीआरको अवधि ४ महिना रहेको छ ।

यस्तो हुनेछ फ्लाइओभर

परामर्शदाताले तयार गरेको डिजाइन अनुसार ग्वार्को चोकमा ओभरपास (सडक माथि सडक) निर्माण गरिनेछ । ३५ मिटर लम्बाइको ओभरपास हुनेछ ।

ओभरपासको उचाई ५.५ मिटरको हुनेछ । ओभरपासमा सवारीसाधन चढ्नका लागि दायाँतर्फ १८० मिटरको र बायाँ ११० मिटरको र्याम निर्माण गरिनेछ ।

ओभरपासले चक्रपथको मूख्य चार लेन ओगट्ने छ । चक्रपथको मूख्य सडक प्रयोग गर्ने सवारीसाधन ओभरपास हुँदै गुड्नेछन् ।

ग्वार्को–लामाटार सडक र ग्वार्को-पाटन सडकतर्फ जाने सवारीसाधन भने ओभरपास मुनिबाट गुड्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स