पूर्वाधार विकास कार्यालयको पुँजीगत खर्च ७३ प्रतिशत

काठमाडौं । जिल्ला पूर्वाधार विकास कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा दुई अर्ब १२ करोड ४६ लाख ५० हजार खर्च भएको छ । यो खर्च पुँजीगततर्फ विनियोजित रकमको ७३.३९ प्रतिशत हो ।

उक्त कार्यालयका सूचना अधिकारी उत्तम नारायण खरेलका अनुुसार प्रदेश स्रोत, संघ सशर्त र समपूरक गरी जम्मा दुई अर्ब १२ करोड ४६ लाख ५० हजार पुँजीगततर्फ विनियोजन भएको थियो ।

‘चालुतर्फ विनियोजित दुई करोड ३० लाखमध्ये एक करोड ७६ लाख ४६ हजार अर्थात् ७७ प्रतिशत रकम खर्च हुँदा समग्रमा ७३ दशमलव ४३ प्रतिशत खर्च भएको छ’ उनले भने ।

झापा र इलाम दुई जिल्ला कार्यक्षेत्र रहेको पूर्वाधार विकास कार्यालयले गत आवमा झापामा चार र इलाममा दुई गरी छवटा मोटरेबल पुल निर्माण सम्पन्न गरेको थियो ।

गत आवमा २६.७३ किमी सडक कालोपत्र, २७.५८ किमी सडक ग्राभेल, १७.५ किमी सडक मर्मत, तीन किमी कच्ची सडक, १.३७ किमी पिसिसी र २.२० किमी सडक सोलिङ गर्ने काम सम्पन्न भएको छ । झापा जिल्लामा दुईवटा बहुवर्षीय सडकको २०.४७ किमी निर्माण सम्पन्न भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स