हामीसँग भएको रकम १ महिनामा ३६ प्रतिशत बजारमा फिर्ता जान्छ : रवि सिंह, अध्यक्ष एफक्यान

काठमाडौं । निर्माण व्यवसायी रवि सिंहले निर्माण व्यवसायीसँग भएको पैसा १ महिनामा ३६ प्रतिशत बजार जाने बताएका छन् । निमार्ण व्यवसायी महासंघका अध्यक्ष सिंहले हाम्रोसँगको कुराकानीमा निर्माण व्यवसायीसँग भएको पैसा ३ महिना सम्पूर्ण रकम बजारमा जाने बताएका हुन् ।

सरकारले निर्माण व्यवसायीको बिल भुक्तानी नगर्दा अप्ठ्यारोमा परेका उनीजस्तै अन्य व्यवसायीले दशैं तिहार जस्तो ठूलो चाडपर्वमा पनि काम गर्ने मजदुरलाई ज्याला दिन सकेका छैनन् भने बजारमा लिएको निर्माण सामग्रीको भुक्तान गर्न नसकेको अहिलेको अवस्था छ ।

‘हामीले पैसा पायौ भने त्यो पैसा हाम्रो ढुकुटीका बस्दैन,’ उनले भने ‘त्यो पैसाबाट हामीले मजदुरलाई ज्याला दिन्छौं,’ उनले भने ‘सिमेन्ट, छड तथा अन्य सामग्रीको भुक्तानी गर्छौ । सरकारले दिएको पैसा हामीसँग बस्दै बस्दैन, भुक्तान गर्दा बजारमै जाने हो ।’

सरकारले निर्माण व्यवसायीको भुक्तान गर्न बाँकी रहेको पैसा भुक्तान गरिदिए पनि अर्थतन्त्र चलायमान बनाउन सहज हुने उनको भनाइ छ । अहिले बजार ठप्प जस्तै अवस्थामा छ । पैसा भएपनि खरिद बिक्री त्यति छैन, कतिपयसँग त पैसा पनि छैन ।

निर्माणका कामहरू उत्साहजनक रुपमा हुन नसक्दा यसको असर अर्थतन्त्रमा समेत परेको हो । घरैमात्रै निर्माण हुँदा पनि ईँटा, सिमेन्ट, रड, इलेक्ट्रिक तथा प्लम्बिङको सामान बिक्री हुन्छ भने अर्बौको कारोबार हुने ठूला पूर्वाधार निर्माणमा पैसा अभाव भएन भने यसलाई निरन्तर लैजान सकियो भने अर्थतन्त्र चलायमान बनाउन धेरै घटाउने उनको भनाइ छ ।

अहिले हामीले १ लाख रुपैयाँ दिनु पर्ने मजदुरलाई १० हजार दिएर टारी रहेका छौं । उनीहरूलाई पनि पैसा दिन सकिएको भए त्यो पैसा विभिन्न सामान खरिदबाट बजारमै पैसा आउने अध्यक्ष सिंहले बताए ।

‘हामीले गत वर्ष नै बिल बुझाएर भुक्तानी हुन बाँकी रकम ७ अर्ब भुक्तान हुन बाँकी रहेका भन्दै उनले भने ‘आयोजनहरूको म्याद थप नहुँदा बिल बनाउन बाँकी रहेको पैसा करिब ४० अर्ब जति भएको पनि उनले जानकारी दिए । ‘माइलस्टोन र बिल बनाउन बाँकी रकम ४० अर्ब रुपैयाँ सरकारले भुक्तान गर्न बाँकी छ ।’

अर्थ मन्त्रालयले दशैं विदाको अन्तिम दिन सम्बन्धित मन्त्रालयलाई चालु आर्थिक वर्षको बजेट विनियोजनबाट भुक्तानी गर्न पत्र काटेको छ । यसमा धेरै भुक्तान हुन नसकेको अध्यक्ष सिंहले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स