शहीद गौचनको चौथों स्मृति दिवसमा महासंघमा श्रद्धाञ्जली सभा, देशभर विविध कार्यक्रम

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष शहीद शरदकुमार गौचनको चौथो स्मृति दिवसको अवसरमा शनिवार महासंघ प्रांगण अनामनगरमा श्रद्धाञ्जली सभा आयोजना गरियो ।

सभामा नेपालको निर्माण क्षेत्रको विकास विस्तारमा स्वर्गिय गौचनले निर्वाह गर्नु भएको महत्वपूर्ण भूमिकाको स्मरण गरिएको थिए । वक्ताहरूले गौचनको मिलनसार व्यक्तित्व सबैका लागि प्रेरणादायी भएको धारणा राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि महासंघका सल्लाहकार तथा पूर्व अध्यक्ष जयराम लामिछानेले नेपाली निर्माण उद्योगमा गौचनको अभाव सधै महसुस हुने बताए ।

महासंघका अध्यक्ष रवि सिंहले गौचन नहुँदा समग्र निर्माण उद्योगमा अहिले पनि ठूलो रिक्तता रहेको धारणा राखे । महासंघका निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठले निर्माण उद्योगमा गौचनले ठूलो गुन लगाएको चर्चा गरे । महासंघका महासचिव रोशन दाहालले गौचनको जीवनी बारे संक्षिप्तमा प्रकाश पारेका थिए । सो अवसरमा गौचनको स्मृतिमा एक मिनेट मौन धारण पनि गरिएको थियो ।

श्रद्धाञ्जली सभा अगाडि महासंघ परिसरमा रहेको स्वर्गिय गौचनको अर्धकदको शालिकमा महासंघका अध्यक्ष रवि सिंह सहित गौचनकी धर्मपत्नी आशा गौचन, महासंघका सल्लाहकार तथा पूर्व अध्यक्ष जयराम लामिछाने, निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठ तथा अन्य पदाधिकारीहरू, सदस्यहरु र महासंघका कर्मचारीहरूले माल्र्यापण गरेका थिए ।

गौचनको स्मृतिमा प्रदेश महासंघहरू र जिल्ला निर्माण संघहरूले पनि श्रद्धाञ्जली सभा आयोजना गरेका छन् । गौचनको २०७४ साल असोज २३ गते नयाँ वानेश्वरस्थित आफ्नो निवासबाट अनामनगरस्थित महासंघ कार्यालय आउने क्रममा उनको निवास नजिकै अपराधिक समुहबाट गोली हानी हत्या गरिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स